Trending :
 

माग सम्बोधन नगरे सामूहिक राजीनामा दिने चिकित्सकको चेतावनी !

चैत्र २६,२०७५

-

चैत २६,२०७५ काठमाडौं ।
 
सरकारी चिकित्सकहरुले आफुहरुका माग सम्बोधन नगरे एकरदुई दिनमै सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
 
कर्मचारी समायोजनाको विरोध गर्दै गत शुक्रबारदेखि सरकारी चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा ठप्प पार्दा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु मर्कामा परेका छन् ।
 
सरकारी चिकित्सक संघ(गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले पाँच दिनदेखि अस्पताल बन्द भइ बिरामीले उपचार नपाउँदासमेत सरकारले बेवास्ता गरेको आरोप लगाए ।
 
डा. पाण्डेले सरकारले आफूहरुको माग सम्बोधन नगर्ने हो भने आफूहरुले एकरदुई दिनमै सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन।
 
सरकारी चिकित्सकहरुलाई प्रदेश र स्थानीय तहमा खुम्च्याउने गरी समायोजन गरेको भन्दै आन्दोलनरत चिकित्सकहरुले आफूहरुको वृत्तिविकास र सरुवा-बढुवासमेत रोकिने बताउँदै आएका छन् ।
 
स्वास्थ्य मन्त्रालयले भने आन्दोलनरत चिकित्सकहरुलाई तत्काल काममा नफर्किए कारबाही गरिने जनाउँदै आएको छ ।