हक्कीः नेपाल पुलिसद्धारा गण्डकी प्रदेश ५-० पराजित
-
चैत २८,२०७५ काठमाडौं ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बिहीवार भएको पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ५-० गोल पराजित गरेको छ ।
गण्डकी प्रदेशलाई प्रतियोगिता अवधिभर दबाबमा राखेका नेपाल पुलिसकातर्फबाट पाँच वटै गोल जर्सी नं. १० का खेलाडी रोमन राणाले गरे ।
उनले खेलको १० औँ, १२ औँ, ३८ औँ, ४५ औँ र ५५ औँ मिनेटमा गोल गरे ।
प्रतियोगितामा नेपाल पुलिस क्लबले धेरै पेनाल्टी कर्नर पाए पनि अवसरलाई सदुपयोग गर्न सकेनन् ।
पुलिसले ७ र गण्डकी प्रदेशले दुई पेनाल्टी कर्नर पाएको पथयो । पुलिस क्लबमा ५ नं. प्रदेशको तर्फबाट खेलिसकेका सात जना खेलाडी समावेश छन् ।
दोस्रो खेलमा नेपाल आर्मी प्रदेश नं. २ विरुद्ध १-० को अन्तरले विजयी भएको हो ।
आर्मीकातर्फबाट १० नम्बर जर्सीका खेलाडी राम शाहले ५६ मिनेटमा गोल गरी टिमलाई विजयी बनाएका हुन् ।
खेलमा आर्मीले ८ वटा कर्नर पेलान्टीको अवसर पाएको थियो ।