Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

भारतीय सेनाद्वारा राष्ट्रसंघको गाडीमा गोली प्रहार

जेठ १२,२०७४

-एजेन्सी

 

१२,जेठश्रीनगर–

पाकिस्तानी सेनाले भारतले नियन्त्रण रेखामा युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ । उसले युद्धविराम उल्लंघन गर्दैै भारतीय सेनाले नियन्त्रण रेखाको खन्जर सेक्टरमा संयुक्त राष्ट्रसंघको सैन्य पर्यवेक्षकको गाडीमा फायरिङ गरेको जनाएको छ ।

भारतीय सेनाको निशानामा परेको सो गाडीमा राष्ट्रसंघका दुई अधिकारी फिलिपिन्सका मेजर इमानुएल र क्रोएसियाका मेर मरको सवार रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघको झण्डा समेत रहेको सो गाडीमा हमला भएको हो । यद्यपि दुवै अधिकारी सुरक्षित रहेको पाकिस्तानी सेनाको भनाई छ ।

पछिल्लो केही समयदेखि भारत र पाकिस्तानले एक अर्कामाथि नियन्त्रण रेखामा फायरिङ गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् । दुई दिनअघि मात्रै भारतीय सेनाले नौशेरा सेक्टर क्षेत्रमा पाकिस्तानी सेनाको एक चौकी नष्ट गरेको दाबी गरेको थियो । तर पाकिस्ताले त्यसको खण्डन गरिसकेको छ ।

भारतीय सेनाले गरेको भनिएको सो कारबाहीलाई भारतीय सेनाका प्रवक्ता मेजर जनरल अशोक नरुलाले कथित कारबाही भन्दै आलोचना गरेका थिए ।