Trending :
 

सुडानमा सैनिक ‘कु’ गरेको विरोधमा कफ्र्यु उल्लंघन गर्दै प्रदर्शन

चैत्र २९,२०७५

-

चैत्र २९, २०७५ काठमाडौं ।
 
सुडानमा सेनाले सैनिक ‘कु’ गरेको विरोधमा प्रदर्शन भैरहेको छ । राजधानी खार्तुममा हजारौँ नागरिक सैनिक ‘कु’ पछि लगाइएको कफ्र्युको उल्लंघन गर्दै विरोधमा उत्रिएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
 
चार महिना लामो आन्दोलनपछि सेनाले राष्ट्रपति ओमार अल बाशीरलाई बिहीबार राति पदमुक्त गरिएको घोषणा गरेको हो । तर प्रदर्शनकारीले सेना परिषद् एउटै शासक भएको भन्दै विरोध गरेका हुन् । 
 
संयुक्त राष्ट्रसंघ र अफ्रिकन युनियनले भने दुवै पक्षलाई शान्त रहन अपील गरेको छ । एजेन्सी