नयाँ वर्षमा टेलिकमको उपहारः दुई सय मिनेट कुरा गर्न पाईने

चैत्र २९,२०७५

-

चैत्र २९, २०७५ काठमाडौं ।
नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा टेलिकमले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ। 
 
नेपाल टेलिकमले शुक्रबार विज्ञयप्ती जारी गर्दै चैत ३० गतेदेखि बैशाख तीन गतेसम्म खरिद गर्नेगरी दुई सय रुपैयाँको डाटा उपलब्ध गराउने जानकारी गराएको हो। 
 
दुई सय रुपैयाँको डाटाअन्तर्गत  ग्राहकले दुई सय मिनेट फोन कल र तीन सयवटा म्यासेज पठाउन सक्नेछन्। 
 
त्यस्तै तीन जिवी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराएको छ।  ८१४१५३ डायल गरेर डाटा लिन पाउने व्यवस्था गरेको छ । डाटा लिएको पाँच दिनसम्म प्रयोग गर्न सकिने  छ।