Trending :
 

यु १९ विश्वकप छनोट: सिंगापुरविरूद्ध नेपालको २१७ रनको जित

चैत्र २९,२०७५

-

चैत २९, २०७५ काठमाडौं । 
आइसीसी यू १९ विश्वकपको छनोटमा नेपाली टोलीले सिंगापुरमाथि २१७ रनको सहज जीित निकालेको छ। टस हारेर ब्याटिङको निम्ता पाएको नेपाली टोलीले ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रन बनाएको थियो।
 
२८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ६५ रनमै अलआउट बन्न पुग्यो। पहिले ब्याटिङ गरेको नेपालले ओपनर रित गौतमलाई १ रनमै गुमाएको थियो। 
 
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए भने पवन सर्राफले उत्कृष्ट ४७ रन बनाउन सफल रहे।  त्यस्तै, भीम सार्कीले २६ रन बनाउँदा कुशल मल्लले १० रन, रसिद खानले ४८ रन र कमल सिंह ऐरीले आक्रामक ३१ रन बनाए।
 
यता, बलिङ तर्फ पवन सर्राफले सर्वाधिक ३ विकेट लिए भने कुशल मल्ल र सूर्य तामाङले समान २र२ विकेट लिए। त्यस्तै रशिद खानले १ विकेट लिए।
 
प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुर सहभागी छन्। नेपालले दोस्रो खेल चैत ३० गते बलियो प्रतिद्वन्द्वी मानिएको संयुक्त अरब इमिरेट्स ९युएई० सँग खेल्नेछ। 
 
यस्तै नेपालले तेस्रो खेल मलेसियासँग वैशाख २ गते खेल्दै छ भने चौथो खेल ओमानसँग वैशाख ३ गते र अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ।