कर्मचारीबीच समन्वय नहुँदा वाइडबडी उडान रद्द, कारबाही सिफारिस
-
चैत २९, २०७५ काठमाडौं ।
नेपाल वायुसेवा निगम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूबीच समन्वय नहुँदा वाइडबडीको दुबई उडान रद्द भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
छानबिन समितिका संयोजक तथा सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वको समितिले यस्तो निष्कर्ष निकालेको हो ।
समितिले शुक्रबार प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको छ।
यस्तै, छानबिन समितिले त्यस दिन ड्युटीमा रहेका नेपाल वायुसेवा निगमका विमानस्थलका कर्मचारी, यात्रु सेवा विभागका कर्मचारी, फ्लाइट डिस्प्याचर, ग्राउन्ड इक्युभमेन्ट सुपरभाइजरलगायतलाई विभागीय कारबाहीको सिफारिस गरेको छ।
त्यसैगरी विमानस्थलको हवाई उडान सञ्चालन विभाग मातहत टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सहित डियुटीमा रहेका पदाधिकारीलाई पनि विभागीय कारबाहीको सिफारिस गरेको छ।
छानबिन समितिले कारबाहीसहित थप १९ वटा सुझाव पनि दिएको छ।