जेठ १२,२०७४
-
जेठ १२ –
नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप वान डे क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार पूर्वाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दौ पुलिस क्लब सेमिफाइनल नजिक पुगेको छ ।
कीर्तिपुरस्थति टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चल ३७.१ ओभरमा १०४ रनमा अलआउट हुन् पुग्यो । पुलिसले पाएको १०५ रनको लक्ष्य १७.१ ओभरमै पुरा गर्यो ।
पूर्वाञ्चलका लागि मेहवुव आलमले सर्वाधिक ४० तथा विकेटकिपर अमल दासले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् ।
पुलिसका सिद्धान्त लोहनीले ३.१ ओभरमा ३ विकेट लिए । पुलिसका ललितसिंह भण्डारी र सुशील कँडेलले २–२ तथा कुशल भुर्तेल र कप्तान मन्जित श्रेष्ठले १–१ विकेट लिए ।
उता पुलिस क्लबले १ विकेट गुमाएर सहजै उक्त लक्ष्य पूरा गरेको थियो ।
सुनील धमलाले ५२ र दिलीप नाथले ३६ रनको नटआउट इनिङ्स खेल्दै पुलिसलाई सजिलो विजय दिलाए ।
पूर्वाञ्चल पहिलो खेलमा पनि त्रिभुवन आर्मी क्लबसँग ९ विकेटले नै पराजित भएको थियो ।
लगातार दोस्रो हारपछि पूर्वाञ्चलको प्रतियोगिताबाट बाहिरिन औपचारकितामात्र बाँकी छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार