Trending :
 

फ्राइडे रिलिजमा दुई नेपाली फिल्म 'पर्व' र 'हिटलर'

जेठ १२,२०७४

-

जेठ १२ –

यो शुक्रबार फ्राइडे रिलिज अन्तर्गत दुई फरक स्वादका नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् ।

कमेडी र लभस्टोरी भनिएको फिल्म ‘हिटलर’ र थ्रिलर फिल्म ‘पर्व’ले आजबाट प्रदर्शन आरम्भ गरेका हुन् ।

पर्व

वर्ष २०७२ मा रिलिज भएको फिल्म 'क्लासिक' पछि दर्शकहरुले नायिका नम्रताको श्रेष्ठलाई फिल्म ‘पर्व’मा देख्न पाउने भएका छन् ।

दिनेश राउतले निर्देशन गरेको पर्व थ्रिलर जानराको फिल्म हो ।  'काले दाई' बोलको आइटम गीतका कारण नै आफ्नो छुट्टै पहिचान बनाइसकेको 'पर्व' मा नायिका नम्रता श्रेष्ठ र नायक कोशिश क्षेत्रीको मुख्य भूमिका छ ।

गोपीकृष्ण टीभीको निर्माणमा सुवास इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘पर्व’ मा नम्रता र कोशिससहित माला लिम्बू, जेबिका कार्कीलगायत कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, किरण माइकलको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन रहेको छ । 

हिटलर

लभ, रोमान्स र कमेडी स्वादमा बनेको फिल्म ‘हिटलर’ सौरभ ढकालले निर्देशन गरेका हुन् । फिल्म 'हिटलर' मा अधिकांश नयाँ कलाकारहरुकै बाहुल्यता छ । कलाकार सोहित मानन्धर मात्र दर्शकहरुमाझ थोरै परिचित अनुहार हुन् ।

'हिटलर'मा सोहितसँगै नव-अभिनेत्री समिया बर्तौलाको मुख्य भूमिका छ ।

रोमान्टिक कथामा तयार भएको फिल्मलाई अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले सहकार्य गरेर निर्माण गरेको हो । अष्टनारायण पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।