Trending :
 

पेरिसको ८ सय वर्ष पुरानो ऐतिहासीक चर्चमा आगलागी !

बैशाख ०३,२०७६

-

बैसाख ३,२०७६ पेरिस ।
आगलागीका कारण फ्रान्सको नोटेडम क्याथेड्राल (चर्च)मा ठूलो क्षति पुगेको छ । पेरिस शहरकै एक महत्वपूर्ण पर्यटकीय स्थानका रुपमा विश्वभर सुपरिचित उक्त विशेष ऐतिहासीक चर्चमा आगलागी भएपछि विश्व नै स्तब्ध भएको छ ।
 
विश्व सम्पदा सूचिमा सूचिकृत उक्त चर्चको छत पूर्णरुपमा जलेपनि अग्नीनियन्त्रयकहरुले मुख्य घण्टी रहेको टावर र बाहिरी पर्खाल भने भत्कनबाट जोगाएका छन्।
 
स्थानीय समय अनुसार सोमबार साँझ छतबाट एक्कासी आगलागी सुरु भएको थियो। आठ सय वर्ष पुरानो उक्त चर्चमा के कारणले आगलागी भयो भन्ने खुलेको छैन। 
 
फ्रान्सका राष्ट्रपति इम्यान्युल म्याक्रनका अनुसार आग्नीनियन्त्रकहरुले मुख्य संरचनालाई भने ध्वस्त हुनबाट जोगाएका छन्। उनीहरुले त्यहाँ भित्र रहेको ऐतिहासीक कलालाई आगोबाट जोगाउँदै बाहिर निकालेका थिए।
 
राष्ट्रपति म्याक्रनले उक्त चर्च पुनर्निर्माण गर्नका लागि विश्व अभियान नै सुरु गर्ने बताएका छन्। त्यसका लागि विश्वभर रहेका कलाकारहरुलाई त्यसको पुनर्निर्माणमा सहभागी हुनका लागि आव्हान समेत गरिने भएको छ। रोयटर्स