राष्ट्रिय गौरबका २२ आयोजना मध्ये पहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सक्ने
-
वैशाख ४, २०७६ काठमाडौं ।
रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरबका २२ आयोजनामध्ये सबैभन्दा पहिले सकिने भएको छ ।
आगामी जुन महिनासम्ममा विमानस्थलको सिभिलतर्फको निर्माणको काम सकिने भएको छ ।
त्यसपछि आगामी सप्टेम्बरसम्मका विमानस्थलमा विभिन्न उड्डयन उपकरण जडानको काम सुरु हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रन(वे निर्माणको काम आगामी १५ दिनभित्रै सकिने भएको छ।
त्यसपछि अन्य भौतिक पूर्वाधार निर्माण्को अन्तिम चरणका काम सम्पन्न गर्न आयोजनाले बढी ध्यान केन्द्रित गर्नेछ ।
प्राधिकरणका अन्तर्राष्ट्रिय विमानस्थल आयोजना हेर्ने निर्देशक प्रदीप अधिकारीका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२० को सुरुआतबाट सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ ।
प्राधिकरणका अनुसार पोखरा विमानस्थल पनि तोकिएको समय अगावै सम्पन्न हुने पहिलो राष्ट्रिय गौरबको आयोजना हुनेछ ।
हाल गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रगति निकै राम्रो छ । विमानस्थललाई तोकिए कै समयमा सञ्चालन गर्ने गरी उड्डयन उपकारण जडानका लागि कम्पनी छनोट भएको छ ।
यो विमानस्थल चिनियाँ कम्पनीको नर्थ वेस्ट एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।