Trending :
 

भारतमा आज दोस्रो चरणको निर्वाचनः ९५ सिटका लागि मतदान हुँदै

बैशाख ०५,२०७६

-

बैसाख ५, २०७६ नयाँ दिल्ली । 
 
भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो १२ राज्यका ९५ सिटका लागि मतदान भइरहेको छ ।
 
सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणअन्तर्गतका क्षेत्रमा मतदान भएको हो ।
 
स्थानीय समयअनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको छ । भारतको निर्वाचन आयोगका अनुसार ९५ सिटका लागि एक हजार पाँच सय ९६ प्रत्याशी चुनाव मैदानमा छन् ।
 
उडिसा र असमका पाँच–पाँच क्षेत्र, तमिलनाडुका ३८, कर्नाटकका १४, महाराष्ट्रका १०, छत्तीसगढ र पश्चिम बंगालका तीन–तीन, जम्मु कश्मीरका दुई तथा मणिपुर र पण्डुचेरीका एक-एक सिटका लागि बिहीबार मतदान हुँदैछ । एजेन्सी