आठौं राष्ट्रिय खेलकुदः भलिबलमा सशस्त्र प्रहरीको दोहोरो जित
-
वैशाख ६, २०७६ नेपालगन्ज ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् भलिबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले दोहोरो जित निकालेको छ ।
शुक्रबार बाँकेको खजुरामा भएको महिलातर्फको खेलमा सशस्त्रले प्रदेश नम्बर-१ लाई २५-४, २५-९ र २५-१० को सोझो सेटमा पराजित गर्यो ।
शुक्रबारै भएको अर्को खेलमा प्रदेश नम्बर-३ ले प्रदेश नम्बर-२ माथि २५-९, २५-७ र २५-१३ को जित निकाल्यो ।
प्रदेश-३ मा न्यू डायमन्ड एकेडेमीका खेलाडीहरुको बाहुल्यता रहेको छ ।
भलिबलकै पुरुषतर्फ सशस्त्रले प्रदेश नम्बर-५ माथि २५-८, २५-२१ र २५-२१ को सहज जित निकाल्यो ।
यसैगरी, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गन्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्यो ।
पहिलो सेट आर्मीले २२-२५ ले गुमाएपनि त्यसपछिको तीनै सेटमा सहज जित निकाल्यो । आर्मीले २५-१८, २५-२१ र २५-१४ ले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो ।