आइतबार देखि काठमाडौंमा नेपाल–चीन शैक्षिक मेला’ हुने
-
वैशाख ७, २०७६ बुटवल ।
नेपाल-चीनबीच शैक्षिक नीति तथा सम्बन्ध र चीनका विश्वविद्यालयमा पढाइ हुने विषयका बारेमा जानकारी दिने उदेश्यले आइतबार देखि काठमाडौंमा ‘दोस्रो बेल्ड एण्ड रोड नेपाल-चीन शैक्षिक मेला’ हुने भएको छ ।
चिनिया भाषा शिक्षक संघले आयोजना गर्न लागेको मेलामा चीनका ख्यातीप्राप्त विश्वविद्यालयका प्रतिनिधि र नेपालका शैक्षिक क्षेत्रका सरोकारवालाहरु तथा विद्यार्थीहरुको सहभागिता रहने छ ।
त्रिपुरेश्वरको वर्ड ट्रेड सेन्टरमा हुन लागेको मेलामा चीनमा पठाइ हुने प्राविधिक तथा अन्य कोर्ष तथा नेपालका विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरुका बारेमा जानकारी आदनप्रदान गरिने आयोजक संस्था चिनिया भाषा शिक्षक संघका सचिब रामचन्द्र कार्कीले जानकारी दिए ।
दुई दिनसम्म चल्ने मेलाको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्ने कार्यक्रम छ ।
मेलामा विभिन्न परामर्शदाताहरु तथा कन्सल्टेन्सी संचालकहरुबाट नेपाल तथा चिनिया शिक्षाका बारेमा आगन्तुकहरुलाई जानकारी गराउने कार्यक्रमहरु राखिएको छ ।