Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

श्रीलंकामा वम बिस्फोट, सुरक्षा अधिकारीको आपतकालिन बैठक

बैशाख ०८,२०७६

-

काठमाडौं । श्रीलंकामा आइतबार दुई चर्चमा विष्फोट भएको छ । इस्टर मनाउन ठूलो संख्यामा जम्मा भएका मानिसहरु चर्चमा भेला भएका समयमा विष्फोट भएकोे हो ।

 

कोलम्बो नेशनल प्रशासनले ८० जना यो आक्रमणमा परी घाइते भएको जानकारी दिएको हो ।

 

सञ्चारमाध्यमका अनुसार अहिलेसम्म श्रीलंकामा आज आइतबार बिहानैदेखि ६ विष्फोट भएको छ । एक विष्फोट कोलम्बोको कोछिकडे शहरस्थित सेन्ट एन्थनी चर्चमा भएको थियो । दोस्रो विष्फोट कटानाको कतुवपतियामा भएको थियो । आक्रमणमा परी ज्यान गुमाउनेको  विषयमा भने कुनै जानकारी दिइएको छैन ।

 

यसका साथै कोलम्बोका शांगरी ला होटल र किंग्सबरी होटलमा पनि विष्फोट भएको छ । आईतबार श्रीलंकामा भएको बम विस्फोट पछि त्यहाँका प्रधानमन्त्रीले सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाएका छन् । आईतबार विहान २ वटा चर्च र विभिन्न स्थानमा रहेका होटलहरुमा भएको श्रृङ्खलाबद्ध बम विस्फोट पछि त्यहाँ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाईएको श्रीलंकाको स्थानीय सञ्चार संस्था डेल्ली मिररले जनाएको छ ।

 

सो बम विस्फोटमा परी अहिलेसम्म २५ जनाको ज्यान गईसकेको छ । डेल्ली मिररले सरकारका एक मन्त्री डा हर्ष दि शिल्भालाई उद्धृत गर्दै देशका विभिन्न स्थानमा बम विस्फोट भएपछि प्रधानमन्त्री रानिल विक्रमासिंघेले आपतकालीन सुरक्षा परिषद्को बैठक बोलाएको उल्लेख गरेको छ ।

 

‘अहिले गृहमन्त्री सचिव र म लगायतका सबै उच्च पदस्थ अधिकारीहरु कुोच्छीकाँडे चर्च नजिक छौं’ ती मन्त्रीले भने’ हामीहरु सांग्रिला होट र किङ्सबेरी होटलमा पनि पुगेर आईसकेका छौं । यसबाट विदेशीहरु समेत धेरैको हताहति भएको देखिएको छ ।’

 

यसैबीच श्रीलंका प्रहरीले एकैठाउँमा भेला भएर नबस्न स्थानीयहरुलाई आग्रह गरेको छ । प्रहरीले एक विज्ञप्ती जारी गर्दै आतंककारीको निशाना धेरै मानिस भएको तिर देखिएको भन्दै सबै एक ठाउँमा भेला भएर नबस्न भनेको हो ।