‘तातोपानी नाका चाँडै खुल्छ’ : अग्नि सापकोटा
सिन्धुपाल्चोकको उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक
-
बैशाख, ८,२०७५ काठमाडौं ।
समृद्ध लिस्तीकोट निर्माण अभियान उग्रचण्डी भगवति गुरुयोजना सार्वजनिक गरिएको छ ।
लिस्तीमाई गुठी सेवा समिति भोटेकोशी गाँउपालिका–१ सिन्धुपाल्चोकले आईतवार रिपोर्टर्स क्लब नेपालमा गरेको कार्यक्रममा गुरुयोजना सार्वजनिक गरिएको हो ।
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिका वडा नम्बर-१ मा अवस्थित् लिस्तीकोट धार्मिक, ऐतिहाँसिक, पुरातात्विक र सांस्कृतिक दृष्टिकोणले जिल्लाकै एक महत्वपुर्ण स्थल हो ।
लिस्तीकोट क्षेत्रमा रहेको उग्रचण्डी लिस्तीमाई भगवती मन्दिरलाई केन्द्रमा राखेर सम्पुर्ण धार्मिक ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरुलाई समेटेर नेपालकै एक नमुना पर्यटकीय स्थल निर्माण गर्ने पवित्र उद्देश्यकासाथ उग्रचण्डी भगवती गुरुयोजनाको निर्माण गरिएको आयोजकको दाबी रहेको छ ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका सांसद् अग्नि सापकोटाले सार्वजनिक गरिएको गुरुयोजना अग्रगामी विकासको प्रारुप रहेको बताएका छन ।
कृषि विकास नै नेपालको विकासको आधार भएपनि धार्मिकस्थल तथा पर्यटकीय स्थलको पनि प्रमुख भुमिका रहने भन्दै उनले सिन्धुपाल्चोक एक ऐतिहाँसिक जिल्ला भएको स्मरण गराए ।
लिस्तीकोट बिकासका लागि असिमित सम्भावना बोकेको क्षेत्र रहेको बताउदै उनले भुकम्पपछि बन्द रहेको तातोपानी नाका चाँडै नै खुल्नेसमेत जानकारी गराएका छन ।
चिनियाँ सरकार तातोपानी नाकालाई भू–गोलको कारण देखाउदै बन्द गर्ने मनस्थितिमा पुगेपनि आफ्नो पार्टीको सहकार्यमा उक्त नाका खुलाउन आफुहरु सफल भएकोपनि उनको दाबी रहेको थियो ।
आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणको अवसरमा राष्ट्रपति सि जिङपिङसंगको वार्ताको माध्यमबाट आफुहरु सो मार्ग खोल्न सफल भएको उनले जानकारी गराए ।
करोडौं राजस्व उठने तथा नेपाल र चीन जोड्ने नाकाको हिसाबले सिन्धुपाल्चोकले गर्विलो ईतिहाँस बोकेको उनको भनाई थियो ।
आफहरुले चुनावको समयमा जनतासंग गरेका बाचाहरु पुरा गर्दे गरेको जानकारी गराउदै उनले चीनतर्फ निर्माणको कार्य सम्पन्न हुने अवस्थामा रहेपनि नेपालतिर भने आशातित कार्य हुन नसकेको गुनासो पोखे ।
समृद्धिको पहिलो पाईलाअनुरुप नै यो गुरुयोजनाको निर्माण भएको बताउदै उनले लिस्तीकोट निकै नै पर्यटकीय सम्भावना बोकेको क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको जिकिर गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै पुर्वन्यायाधिवक्ता मुक्ति प्रधानले लिस्तीकोट एक धार्मिक तथा साँस्कृतिक पर्यटन बोकेको क्षेत्र रहेको धारणा राखेका थिए । प्रस्तावित गुरुयोजनाअनुरुप लिस्तीकोटको विकासमा जोड दिनसके समग्र सिन्धुपाल्चोकनै यसबाट प्रभावित हुने उनको धारणा थियो ।
राज्यले लिस्तीकोटको पहिचान र गौरवालाई चिनेर अगाडी बढ्न आवश्यक रहेको बताउदै उनले राज्यले नजिकको दुरीबाट हेर्नुपर्ने बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले गुरुयोजनालाई कसरी सफल बनाउने भन्ने कुरा महत्वपुर्ण रहेको बताएका छन ।
आफुहरुसंग धेरैनै धार्मिक तथा पौराणिक स्थलहरु रहेको बताउदै उनले त्यसबाट लाभ लिन सबैले आ–आफ्नो स्थानबाट सहयोग र प्रचार–प्रसारमा जोड दिन आवश्यक रहेको आंल्याए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका नेता सरल सहयात्री पौडैलले भोटेकोशी गाँउपालिका तातोपानी नाकाले मात्र प्रसिद्ध नभएर थुपै्र ऐतिहासिक तथा धार्मिक स्थलले भरिपुर्ण गाँउपालिका रहेका बताए ।
जिल्लाकै पहिलो स्थानमा रहने गरि जलयात्रा, जलबिद्युत र पर्यटनको बिकासको दृष्टिकोणबाट सम्पन्न भूगोल रहेको उनको भनाई थियो । स्थानीय तहले पाएको अधिकारको प्रयोग गर्दे उक्त क्षेत्रको शैक्षिक विकास अवको अग्रगामि बिकास रहेको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै ई.पदमलाल श्रेष्ठले सम्पन्न गुरुयोजना बजेट अभावको कारण अलपत्र नपारोस भनि सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराए ।
प्रस्तावित गुरुयोजनाले लिस्तीकोटको मात्र नभएर समग्र सिन्धुपाल्चोकको विकासमा अहम योगदान पुर्याउने उनको भनाई छ । बिन नसक्दै भत्किरहेका पुलहरुजस्तै गुरुयोजना नबनोस भन्दै उनले यस्ता योजना निर्माणबाट ईतिहाँसको निर्माण हुनेपनि प्रष्टाए ।