जेठ १२,२०७४
-
जेठ १२ –
मध्यपुर युथ एसोसिएसनको ग्रासरुट फुटबल अन्तर्गत आठ महिने लिग शनिवारबाट सुरु हुने भएको छ । मध्यपुर युथ एसोसिएसनले होम एण्ड अवे पद्दतिको आधारमा पहिलोपटक ग्रासरुट फुटबल लिग आयोजना गर्न लागेको हो ।
आयोजक मध्यपुरले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सबै बालबालिकासबैहरुले धेरैभन्दा धेरै फुटबल खेलोस भन्नै उद्देश्यले पहिलोपटक यस्तो खालको प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ८ महिनासम्म चल्ने यस प्रतियोगितामा १६ विद्यालयका दुई उमेरसमूह गरी ३२ टोलीको समहभागिता रहने मध्यपुर युथ एसोसिएसनले जानकारी दियो ।
हरेक हप्ताको शनिबार तथा सार्वजनिक बिदाका दिन खेलाइने प्रतियोगितामा ८ देखि १० वर्ष उमेरसमूहका १६ जुनियर टोली र ११ देखि १३ वर्षसम्मका १६ सिनियर टोलीले प्रतिस्पर्धा गर्नेछन् । एक टिममा आठ–आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
होम अवे लिगमा ३० खेल हुनेछ । लिगमा एकै दिन १६ खेल हुनेछ । लिग सकिँदा सर्वाधिक अंक ल्याउने टोलीले उपाधि जित्नेछ । विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
सहभागी स्कुलहरु:
१. मध्यपुर युथ एसोसिएसन
२.एभेरेष्ट इंग्लिस एकेडेमी
३.ग्रासरुट फुटबल एकेडेमी
४. आदर्श जनप्रेमी उच्च माध्यमिक विद्यालय
५.नेक्सस इन्टरनेशनल एकेडेमी
६. भक्तपुर इंग्लिस स्कुल
७. राजश्री गुरुकुल स्कुल
८.विनायक शिक्षा निकेतन स्कुल
९.ग्ल्याड स्कुल एकेडेमी
१०. गोल्डेन सुनगाभा इंग्लिस स्कुल
११.नौलो सुनगाभा इंग्लिस स्कुल
१२. मेरी गोल्ड इंग्लिस स्कुल
१३. सिभिएम स्कुल
१४. भक्तपुर निष्ट स्कुल
१५. एक्टिभ इंग्लिस स्कुल
१६. ओम ज्ञान मन्दिर स्कुल
प्रमुख समाचार
सम्वन्धित समाचार