Trending :
 

इन्डियन प्रिमियर लिगः बेंग्लोरसँग चेन्नइ एक रनले पराजित

बैशाख ०९,२०७६

-

बैशाख ९, २०७६ काठमाडौं ।
इन्डियन प्रिमियर लिगमा रोयल च्यालेञ्जर्स बेंग्लोरले शीर्ष स्थानको चेन्नेइमाथि एक रनको रोमाञ्चक जित हात निकालेको छ ।
 
आइतबार राति बेंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६१ रन बनायो ।
 
उसका लागि ओपनर पार्थिव पटेलले ५९ रन बनाए भने एवी डिभिलिर्सले २५ तथा मोयन अलीले २६ रनको योगदान गरे ।
 
जवाफमा चेन्नेइ २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ६० रनमा रोकियो । उसका लागि अम्बाती राइडुले २९ तथा कप्तान महेन्द्रसिंह धोनीले ८४ रन बनाए । यस्तै रविन्द्र जडेजाले ११ रनको योगदान गरे ।
 
चेन्नेइको जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । जसमा धोनीले एक चौका र तीन छक्का प्रहार गर्दै टिम जितको नजिक पुर्‍याएपछि अन्तिममा एक रनले हार्न पुग्यो ।