Trending :
 

अब ट्यांकर हैन असारदेखि पाइपलाइनबाटै नेपालमा तेल भित्रिने

बैशाख १०,२०७६

-

बैशाख १०,२०७६ काठमाडौं ।
असारदेखि पाइपलाइनबाटै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा तेल भित्र्याउन तयारी थालिएको छ । 
 
पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जंगल क्षेत्रका रूख कटान भइसकेका छन् । अब साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न मात्र बाँकी छ ।
 
भारतीय सिमानादेखि अमलेखगन्जसम्म ३६ किलोमिटरमध्ये ३१ किलोमिटरसम्म पाइपलाइन बिछ्याउने काम पूरा भएको मोतीहारी-अमलेखगन्ज परियोजना कार्यालयका प्रमुखसमेत रहेका अमलेखगन्ज आयल निगमका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए ।
 
अहिलेसम्म ५ किलोमिटर पाइपलाइन मात्र गाड्न बाँकी छ । वैशाख महिनाभित्र पाइपलाइन गाड्ने काम सकिने उनले बताए ।
 
अहिले भइरहेको कामको गतिअनुसार असारबाटै तेल भित्रिने अनुमान गरिएको यादवले जानकारी दिए । उनका अनुसार अबको १५ दिनभित्र रूख काटेर रुट क्लियर गरिनेछ ।
 
वैशाखभित्र पाइप गाड्ने काम पूरा हुनेछ । रूख कटानसँगै पाइपलाइन वेल्डिङ गर्ने र गाड्ने काम पनि भइरहेको मोतीहारी–अमलेखगन्ज परियोजना कार्यालय सिमराका इन्जिनियर शरद पौडेलले बताए । कान्तिपुर