आठौं राष्ट्रिय खेलकुदः त्रिभुवन आर्मी पुरुष फुटबलको फाइनलमा
-
बैशाख १०, २०७६ काठमाडौं ।
स्थानीय टोली प्रदेश नं. ५ लाई टाईब्रकेरमा पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ फाइनलमा पुगेको छ ।
बाँकेको नेपालगन्ज रंगशालामा आज भएको सेमिफाइनलमा आर्मीले प्रदेश-५ लाई टाई ब्रेकरमा ३-१ ले हराएको हो ।
यसअघि निर्धारित समयको खेलमा २–२ गोलको बराबरी भएको थियो ।
आर्मीका लागि दिपकुमार लामाले एक गोल गर्दा प्रदेश ५ का दिपेन सिंह ठकुरीले एक आत्माघाती गोल गरेका थिए ।
प्रदेश ५ का लागि भने दुबै गोल बिनोद केसीले पेनाल्टी मार्फत गरेका थिए ।
पुरुष फुटबलतर्फको उपाधिका लागि आर्मीले नेपाल पुलिस क्लब र एपीएफ टिमबीच आजै साँझ हुने दोस्रो सेमिफाइनलको विजेतासँग भोलि प्रतिस्पर्धा गर्नेछ ।