Trending :
 

कांग्रेस नेताद्वारा ढापपोखरी महोत्सवलाई एक लाख सहयोग

बैशाख १०,२०७६

-

बैशाख १०, २०७६ काठमाडौं ।
इलामका अग्रणी समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खड्काले पाँचौ ढापपोखरी महोत्सवलाई रु.एकलाख एकहजार एकसय आर्थिक सहगोग प्रदान गरेका छन् ।
 
महोत्सवको तेस्रो दिन महोत्सव स्थलमा आयोजक समितिका अध्यक्षलगायत अतिथीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
 
रकम हस्तान्तरणपछि बोल्दै नेता खड्काले जमुनाबासीको आर्थिक समृद्धि र पर्यटकीय बिकासका लागि आफुले शुरुवाती देखि नै सहयोग गर्दै आएको बताउदै भावी दिनमा पनि यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
 
महोत्सवमा राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरु रोशन गुरुङ, इन्द गुरुङ, डम्बर नेपाली, रमेश बोखिम र दिपेन गुरुङको प्रस्तुती समेत थियो ।
 
साथै महोत्सवमा कुवेर राई, भुपेन राई, कृति राई, कोमल निरौला, देवी गौतम, विजय फागो, बसन्ती लिम्बूलगायतले पनि प्रस्तुती दिए ।
 
महोत्सवमा विभिन्न जातजातिको परम्परागत संस्कृतिको प्रर्दशनी, जातिय खाना र भेषभूषाको प्रर्दशनी, ऐतिहासिक र पुरातात्विक सामाग्री प्रर्दशनी गरिएको छ ।
 
ढाप पोखरी महोत्सवलाई सफल पार्न सहयोग पुर्‍याएको भन्दै आयोजक समितिले नेता खडकालाइ सम्मान समेत गरेको छ ।
 
कार्यकममा माइजोगमाइ गाउपालिकाका अध्यक्ष,  इलाम नगरपालिकाका मेयरलगायको उपस्थिति थियो ।
 
ब्यक्तिगत तर्फबाट नेता खड्काले एक लाख रुपैंयाँ सहयोग गरेकोमा आयोजकलगायतले खुलेर प्रशंसा गरेका थिए ।
 
चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको पहलमा पोखरीको संरक्षण र विस्तार थालिएसँगै वर्षेनी महोत्सवको आयोजना हुन थालेको हो ।
 
२०७२ वैशाख यता ४ वटा महोत्सव सम्पन्न भइसकेका छन् । ढापपोखरी इलाम सदरमुकामबाट करिब २२ किलोमिटर उत्तरमा पर्दछ ।