Trending :
 

श्रीलंका बम विस्फोटको जिम्मा आईएसले लियो

बैशाख १०,२०७६

-

 बैशाख १०, २०७६ एजेन्सी ।
 
श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लािमक स्टेट (आइएस)ले जिम्मा लिएको अन्ताराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
 
विभिन्न  गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी मृत्यु हुनेको संख्या ३ सय नाघेको बताइएको छ।
 
अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले मंगलबार लिएको हो।
 
श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा त्यहाँको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको हात रहेको दाबी गरेका थिए । आक्रमणमा वाह्य समूहको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।
 
यो आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ। यो आक्रमणमा ३६ जना भन्दा धेरै विदेशी मारिएका छन् । भारतका मात्रै सातजनाले ज्यान गुमाएका छन्।
 
डेनमार्कका एक धनाढ्यले आफ्ना तीन सन्तान गुमाएका छन्। घटनापछि मंगलबार त्यहाँ राष्ट्रिय शोक घोषणा गरिएको छ।