Trending :
 

किड्स एण्ड टिन फेशन मोडल २०१९ भक्तपुर सम्पन्न

बैशाख १०,२०७६

-

बैशाख १०, २०७६ काठमाडौं ।
भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर सम्पन्न भएको छ ।
 
ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९ भक्तपुर  यनिस श्रेष्ठ र फिमेल दीलास्था बुद्दाचर्य भएका छन् भने किड्स फेशन मोडल सिन्थिया कार्की त्यसैगरी प्रि टिन फेशन मोडल गृवानी चिकन्बन्जर भए त्यस्तै टिन फेशन मोडल रोशिश चिकन्बन्जर भएका छन् ।
 
त्यस्तै क्रमश प्रि किड्स फेशन मेगामोडल प्रनजल राणा, प्रि किड्स फेशन सुपरमोडल ब्रीथ चावल भएका छन् भने किड्स फेशन सुपरमोडल युभिका कुस्मा त्यसैगरी प्री टिन फेशन मेगामोडल निक्की लवजु भएका छन् भने प्रि टिन फेशन सुपरमोडल वैभवी शाह त्यसैगरी टिन फेशन मेगामोडल  लीला श्रेष्ठ, टिन फेशन सुपरमोडल सगर शाही भएका छन् ।
 
बिजेताहरु थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल २०१९ मा भाग लिन पाउने छन् । यि तेह्रजना विजेताहरुलाई ट्रफिसँँगै विभिन्न गिफ्टह्याम्पर र पाँच हजार पाँचसय बराबर थाइल्याण्ड फ्लाइट टिकटमा छुट दिनेछ । 
 
इभेन्ट अर्गनाइजर फाउण्डर कमलल क्षत्री रहेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।