शिखर बार्ताका लागि नेता किम जोङ उन रुसमा
-
बैशाख ११,२०७५ काठमाडौं।
उत्तर कोरियाका नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंगको शिखर वार्ताका लागि रुस पुगेका छन् ।
रुसी राष्ट्रपतिसंग किमको पहिलो वार्ता हुन लागेको हो । उनीहरुबीच तटिय शहर भ्लाडिभोस्तोकमा भोलि हुने वार्तामा कोेरियाली प्रायद्विपको आणविक समस्याका विषयमा छलफल हुने क्रेमलिनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसंगको वार्ता विफल भएपछि किमले रुसको समर्थन खोजिरहनु भएको छ ।
प्योङयाङले मुलुकको आर्थिक भविष्यका लागि अमेरिकासंग मात्र निर्भर नभएको देखाउनका लागि वार्ता उपयोग गर्ने अवसर बनेको विश्लेषण गरिएको छ ।
किमले आफ्नो मुलुकमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध सहज बनाउन मस्कोमाथि दबाबका लागि प्रयास गर्ने अनुमान गरिएको छ ।
रुसका लागि भने उत्तरसंगको वार्ता कोरियाली प्रायद्विपमा आफु पनि महत्पूर्ण खेलाडी रहेको देखाउने अबसर ठानिएको छ ।
अमेरिका र चीनजस्तै रुस पनि आणविक राष्ट्रको रुपमा उत्तर कोरियालाई असहज मान्दै आएको छ ।
किम नीजि रेलमा रुस गएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले जनाएको छ ।