Trending :
 

भारतमा टीकटक माथि लगाइएको प्रतिबन्ध अदालतद्धारा फुकुवा

बैशाख १२,२०७६

-

बैशाख १२, २०७६ काठमाडौं ।
 
नयाँ दिल्ली-भारतमा टीकटकमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ। मद्रास उच्च अदालतले बुधबार सुनुवाइ गर्दै टीकटक माथि लागेको प्रतिबन्ध फुकुवा गरेको हो।
 
 पोर्नोग्राफिक सामाग्रीलाई बढावा दिएको भन्दै भारतमा टीकटक माथि प्रतिबन्ध लागेको थियो।
 
एनालिटिक फर्म सेन्टरको रेकर्ड बमोजिम भारतमा मात्र टीकटकको प्रयोगकर्ता ३० करोड रहेका छन् भने विश्वभरमा १०० करोड भन्दा बढि प्रयोगकर्ता रहेका छन्। 
 
समाचार प्रदायक संस्था रोयटर्सका अनुसार टीकटक बन्द हुँदा कम्पनीलाई दैनिक ३.४ करोड नोक्सान भएको थियो।