Trending :
 

साइप्रसमा सात महिलाको हत्यामा संलग्न ‘सिरियल किलर’ पक्राउ

बैशाख १३,२०७६

-

वैशाख १३, २०७६ साइप्रस ।
साइप्रसमा सात महिलाको हत्यामा संलग्न एक ‘सिरियल किलर’लाई प्रहरीले पक्राउ गरेको छ ।
 
स्थानीय सञ्चारमाध्यमले शृंखलावद्ध हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएका छन् । मृतक महिलामध्ये दुई जनाको शव यसै महिना एक खानीसम्म पुग्ने बाटोमा फेला परेको थियो भने एक जनाको शव बिहीबार फेला परेको हो । शव फेला परेका तीनै महिला फिलिपिन्सका रहेको जनाइएको छ ।
 
पक्राउ परेका व्यक्ति सेनामा रहेको जनाइरहेको छ । ३५ वर्षीय ती व्यक्तिले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।
 
उनले दिएको सूचनाका आधारमा प्रहरीले थप शवको खोजी गरिरहेको छ । मृतकमा दक्षिण एसियाली महिलासमेत रहेको जनाइएको छ । मृतकमध्ये एक महिला नेपाली वा भारतीय नागरिक रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
 
‘सिरियल किलर’ को निशानामा पर्नेहरुमा रोमानियाकी एक महिला र उनकी ८ वर्षीया छोरी पनि छन् । हत्या गरिएकी अर्की एक महिलाको ६ वर्षीया छोरी बेपत्ता रहेको बताइएको छ । एजेन्सी