Trending :
 

दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकप आइतबारदेखि

बैशाख १३,२०७६

-

वैशाख १३, २०७६ काठमाडौं ।
 
दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकप प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ । दिपशिखा युवा समूहको आयोजनामा वैशाख १५ गतेबाट प्रतियोगिता चन्द्रागिरीस्थित नैकाप खेल मैदानमा सुरु हुने भएको हो । 
 
आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी ८ टोली सहभागि हुने जानकारी दिएको छ । १ आयोजकको टोली र २ विभागिय क्लब गरी ८ टोलबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जानकारी दिए । 
 
उनका अनुसार त्रिभुवन आर्मी, एपिएफ, जावलाखेल युथ क्लब, आयोजक दिपशिखा युवा समूह, सरस्वती युथ क्लब, फेन्ड्रस क्लब, बीरगन्ज युनाइटेड र च्यासल युथ क्लब सहभागि हुनेछन् । गत संस्करणको विजेता हिमालय शेर्पा क्लब भने आन्तरिक समस्या देखाउँदै सहभागि नहुने भएको हो । 
 
यसपटक आयोजक समेत परिवर्तन गरिएको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेता टोलीले ३ लाख पाउनेछ ।
 
हरेक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसअघि चन्द्रागिरी गोल्डकपको पहिलो संस्करण ब्राइट युथ क्लबले आयोजना गरेको थियो ।