Trending :
 

चालू आवमा आर्थिक वृद्धिदर ६.८ प्रतिशतले बढ्ने प्रक्षेपण

बैशाख १३,२०७६

-

वैशाख १३, २०७६ काठमाडौं ।
   
चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ।
 
चालु आर्थिक वर्षको हालसम्म उपलब्ध तथ्यांक र बाँकि अवधिको अनुमानका आधारमा ६.८१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको हो।
 
विभागले चालू वर्ष सबै क्षेत्रमा आर्थिक वृद्धि भएको बताएको छ। विशेषगरी व्यापार र निर्माण क्षेत्रमा भएको ठूलो वृद्धिदरले उच्च आर्थिक वृद्धिदर कायम हुने विभागको ठहर छ।
 
यो गत वर्ष भन्दा ०.५२ प्रतिशतले बढी हो। गत वर्षको वास्तविक आर्थिक वृद्धिदर ६.२९ रहेको थियो। भूकम्प पछिको वर्षलाई छाड्ने हो भने यो वृद्धिदर हालसम्मकै उच्च हो। 
 
गएको तीन वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि कायम भइरहेको छ।
 
बजेटमा ८ प्रतिशतको वृद्धि हुने अनुमन गरिएको थियो, त्यसभन्दा १.१९ प्रतिशतले कम भएको छ।