Trending :
 

झाडापखलाका बिरामीको दिसा र पानीको नमूना संकलन

बैशाख १५,२०७६

-

बैशाख १५,२०७६ गुल्मी ।
 
गुल्मीको दजाकोटमा झाडापखला प्रभावित क्षेत्रमा दिसा र पानीको नमूना संकलनको काम भैरहेको छ ।
 
विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले दिसा र पानीको नमुना संकलन गर्न थालेको हो । नमुना संकलन गरेपछि आइतबार नै टोली काठमाण्डौ फर्कने गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार टोलीले नमुना भोलिसम्म काठमाण्डौ ल्याएर परीक्षण गर्नेछ । जनस्वास्थ्य टोलीले अक्सिजन र केही औषधि पनि लगेको छ । दुषित पानी पिएर झाडापखाला फैलिएपछि प्रभावित क्षेत्रमा पानीको समस्या भएको छ ।
 
अहिले प्रभावित क्षेत्रमा नगरपालिकाले ट्याङकर र मिनिरल वाटर उपलब्ध गराइरहेको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।
 
झाडापखालाका कारण थलिएका १२ वर्षका रेशम सिंजालीको उपचार अभावमा शनिबार राति ज्यान गएको छ । केही हप्तादेखि झाडापखला फैलिँदा गुल्मीमा १ सय ९२ जना बिरामी भएका छन् ।