Trending :
 

सूचना चुहाएको भन्दै बेलायतका रक्षामन्त्री गेभिन बर्खास्त

बैशाख १९,२०७६

-

बैशाख १९, २०७६ लण्डन । 
बेलायतका प्रधानमन्त्री टेरेसा मेले  रक्षामन्त्री गेभिन विलिमसनलाई उच्चस्तरीय राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सूचना चुहाएको  कारण देखाउँदै बर्खास्त गरेकी छन् । बेलायतका प्रधानमन्त्रीले उनले  विश्वस्नीयता गुमाएको समेत जनाएकी छन् । 
 
चिनियाँ कम्पनी हुवावेलाई बेलायतमा ५ जी नेटवर्क बनाउनका लागि केही पहुँच दिने बारेमा गरिएको अनुसन्धानका क्रममा उनले सूचना चुहाएको पुष्टि भएको हो । 
 
विलियमसन सन् २०१७ देखि बेलायतको रक्षामन्त्री रहेका थिए ।उनले भने आफूले सूचना चुहाएको आरोप अस्वीकार गरेका छन् । बुधबार साँझ विलिमसनसँग भएको बैठकका क्रममा प्रधानमन्त्री मेले उनले सूचना चुहाएको कुराको प्रमाण आफूसँग भएको बताएकी बीबीसीले जनाएको छ ।