Trending :
 

पेट्रोल-डिजेल र मटितेलको मूल्य बड्यो:एलपी ग्याँसको मुल्य यथावत

बैशाख १९,२०७६

-

बैशाख १९,२०७६ काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलरमटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
 
पेट्रोलमा  १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १-१ रुपैयाँ भाउ बढेको छ  । शुक्रबार राती १२ बजेबाट बढेको मूलय लागू हुनेछ ।
 
काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको  छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए ।
 
पछिल्लो १०-१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ ।
 
अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ ।