Trending :
 

तुफानले दक्षिण भारतका कैयौँ राज्यमा असर !

बैशाख २०,२०७६

-

वैशाख २०,२०७६ काठमाडौं ।
बंगालको खाडीमा बनेका चक्रवाती तुफान ‘फानी’ दक्षिण भारतका कैयौँ राज्यमा असर पुगेको छ ।
 
विनाशकारी फानी आउनुपूर्व नै राज्य सरकारले पूर्वतयारी गरिसकेको छ । बिहीबार रातिदेखि नै भुवनेश्वर विमानस्थल बन्द गरिएको छ । त्यस्तै ओडिशाबाट पश्चिम बंगालतर्फ फानी गएकाले कोलकाता विमानस्थल पनि शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बन्द गरिने भएको छ । 
 
ओडिशा सरकारले प्रभावित क्षेत्रका ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ । तीमध्ये ५२४ जना गर्भवती महिला रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गञ्जम जिल्लाबाट मात्रै ३ मानिसलाई सारिएको छ । त्यस्तै पुरीबाट १ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 
 
 
 
विभिन्न शेल्टरमा रहेका मानिसहरुलाई खानाको व्यवस्था गर्न ५ हजारभन्दा बढी भान्छाहरु सञ्चालन गरिएको छ ।