Trending :
 

सरकारले सामाजिक सुरक्षा भत्ता पनि बढाउने :

बैशाख २०,२०७६

-

वैशाख २०,२०७६ काठमाडौं। 
 
सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने भएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा भत्ता वृद्धि गर्ने बताएकी हुन्।
 
सरकारले यसअघि बजेट भाषणमार्फत भत्ता बढाउने घोषणा गर्ने गरेपनि अहिले भने नीति तथा कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रस्तुत गरेकी हुन्। भत्ता के कति बढाउने भन्ने उल्लेख गरिएको छैन्।
 
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चुनावमा भत्ता बढाउने आश्वासन दिएको थियो। उनीहरुले वृद्धाभत्ता ५ हजार रुपैयाँ पुयाउने आश्वासन दिएका थिए।