Trending :
 

ताँजाकोटमा फैलिएको रोग मौसमी रुघाखोकी भएको पुष्टि

बैशाख २१,२०७६

-

वैशाख २१,२०७६ काठमाडौं ।
हुम्लाको ताँजाकोटमा फैलिएको रोग मौसमी रुघाखोकी (इन्फ्लूएन्जा) भएको पुष्टि भएको छ । केन्द्रीय प्रयोगशाला काठमाण्डौ टेकुमा ५ जना बिरामीको खकारको नमुना परीक्षणपछि इन्फ्लूएन्जा पुष्टि भएको हो । 
 
यो छिटो फैलिने प्रकारको मौसमी रुघाखोकी भएको प्रभावित क्षेत्रमा खटिएका डाक्टर केएन पौडेलले बताउनुभयो । उहाँले हुम्लामा बालबालिका र वृद्धवृद्धाको ज्यान जानुको कारण पनि इन्फ्लूएन्जा भएको जानकारी दिनुभयो । 
 
चैत अन्तिम हप्तादेखि सुरु भएको रोगबाट हुम्लाको ताँजाकोटमा १० जनाको ज्यान गएको थियो भने झण्डै २ सय जना बिरामी भएका थिए । 
 
गाउँमा फैलिएको रोग नियन्त्रणमा आइसकेको र बिरामीलाई एन्टिभाइरल औषधि प्रयोग गरिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृशबहादुर शाहीले बताउनुभयो ।