राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको भवन शिलान्यास
-
बैशाख २२, २०७६ काठमाडौं ।
धापाशीको तिलिङटारमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालयको भवन शिलान्यास भएको छ ।
प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्ट र प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पुर्व अध्यक्ष प्रजापती पराजुली, पुर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष दुर्गा रायमाझी, बरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी लगायत कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
आफ्नो कार्यकाल भित्र भवन निर्माण कार्य सम्पन्न गरी नयाँ समितीलाई हस्तान्तरण गर्ने पनि अध्यक्ष बद्री पंगेनीले बताएका छन् ।