Trending :
 

म्यान्मारमा रोहिंग्या सम्बन्धी रिपोर्टिङ गर्दा जेल परेका दुई पत्रकार रिहा

बैशाख २४,२०७६

-

वैशाख २४,२०७६ काठमाडौं ।
म्यान्मारमा रोहिंग्या संकटका सम्बन्धमा रिपोर्टिङ गर्दा थुनामा परेका दुई जना रोयटर्सका पत्रकार थुनामुक्त भएका छन् ।
 
३३ वर्षिय वा लोन र २९ वर्षिय क्या सो ओ राष्ट्रपतिको आममाफीबाट छुटेका हुन् । उनीहरुलाई ५०० दिनभन्दा बढी समय जेलमा राखिएको थियो । 
 
उनीहरुलाई गोपनियता सम्बन्धी कानुनमा टेकेर गएको सेप्टेम्बर महिनामा ७ वर्षको लागि जेल हालिएको थियो । ती पत्रकारको पक्राउको विषयलाई लिएर म्यान्मारको प्रजातन्त्रमाथि नै प्रश्न उठेको थियो । 
 
जेलबाट छुटेपछि वा लोनले बीबीसीसँगको कुराकानीमा आफू कहिल्यैपनि पत्रकार बन्नबाट पछि नहट्ने बताएका छन् । म्यान्मारको नयाँ वर्षको अवसरमा त्यहाँ राष्ट्रपतिले आममाफी दिने चलन छ ।
 
सोही अनुसार अन्य हजारौं कैदी सँगै दुई पत्रकार पनि छुटेका हुन् । सेप्टेम्बर २०१७मा सेनाले १० जना रोहिंग्या शरणार्थीको हत्या गरेको कुरा पत्ता लगाउने क्रममा दुई पत्रकार जेल परेका थिए ।
बीबीसी