Trending :
 

प्रि-बजेट छलफल शुक्रबारदेखि

बैशाख २४,२०७६

-

वैशाख २४,२०७६ काठमाडौं ।
आर्थिक वर्ष २०७६-०७७ को प्रि-बजेट माथि शुक्रबारदेखि संसद्‌मा छलफल सुरु हुने भएको छ । 
 
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले २७ गतेदेखि पूर्वबजेट (प्रि-बजेट) का सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ हुन जानकारी गराएका हुन् । 
 
छलफल दलीय प्रतिनिधित्वका आधारमा छलफल हुनेछ । शुक्रबारको बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै आ-आफ्ना दलका वक्ता प्रतिनिधिको नाम सचिवालयमा टिपाउनसमेत सभामुख महराले अनुरोध गरेका छन् ।
 
हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्‌मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिन अगावै बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सदनमा छलफल भइसक्नु पर्ने भएको व्यवस्था रहेकोले प्रि(बजेटमाथिको छलफलको समय निर्धारण गरिएको हो ।