Trending :
 

डीभी चिट्ठाको नतिजा हेर्ने वेबसाइट नखुल्दा समस्या !

बैशाख २५,२०७६

-

वैशाख २५,२०७६ काठमाडौं ।
अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ । 
 
गएको असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो । ईडीभी  को नतिजा नेपाली समय अनुसार मंगलबार बेलुका ९ बजेर ४५ मिनेटमा सार्वजनिक भएको थियो ।
 
नतिजा https://www.dvlottery.state.gov/मा गएर हेर्न सकिन्छ । डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।
 
ईडीभी आवेदन भरेका अधिकांशले हेरिरहेकाले वेबसाइट भने खुल्न सकिरहेको छैन ।