जेठ १४,२०७४
-
जेठ १४ –
विभागिए टिम त्रिभुवन आर्मी राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको समुहको अन्तिम खेलमा अर्को विभागिए टिम नेपाल पुलिस क्लवलाई सात विकेटले हराउदै आर्मी समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरयो ।
यसअघि नै आर्मी र पुलिसले समूहमा लगातार दुई खेल जित्दै अन्तिम चारमा स्थान बनाइसकेका छन् । तर समूह विजेताको होडमा आर्मी पुलिसमाथि हावी भएको हो।
कीर्तिपुर आर्मीले टस जित्दै पुलिसलाई पहिले ब्याटिङको निम्तो दिदा, पुलिसले २५.५ ओभरमा केबल एक सय नौ रन बनाउदै अलआउट भयो ।
पुलिसले खराब सुरुवात गर्दै सुरुमै २ ओपनरलाई गुमायो । सोमपला कामीको बलमा सुनिल धमाल र अमित श्रेष्ठ दुवै खाता नखोली आउट भए । दिलिप नाथले ५० तथा दिपेन्द्रसिंह ऐरीले २२ रन बनाउनु बाहेक अरुले दोहोरो रन समेत छुन सकेनन् । पुलिसका ५ खेलाडीले खातासमेत खोल्न सकेनन् ।
पुलिससलाई कम स्कोरमा रोक्न आर्मीका सुशन भारी एक्लैले ६ विकेट लिए । उनले सात ओभर पाच बलमा १६ रन दिदै ६ विकेट लिए ।
११० रनको लक्ष्य पाएको आर्मीले जवाफमा ३०.४ ओभरमा तीन विकेट गुमाउदै उक्त रन पूरा गर्यो ।
आर्मीको जितमा कप्तान विनोद भण्डारीले ४६ तथा नरेश बुढाऐरले ४१ रन बनाए । यस्तै महेश क्षेत्री र सागर पुनले समान ११–११ रनको योगदान गरे । प्रतियोगितामा भोली देखि समुह ए का खेल हुनेछन । जसमा भोली पश्चिमाञ्चल र सशस्त्र प्रहरी विच प्रतिस्पर्धा हुनेछ ।
प्रमुख समाचार
सम्वन्धित समाचार