Trending :
 

दात माझ्ने कोलगेट मञ्जनमा क्यान्सरको रसायन फेला !

बैशाख २६,२०७६

-

बैशाख २६, २०७६ काठमाडौं ।
कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ ।
 
कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ ।
 
यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ ।
 
त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन । एजेन्सी