बैशाख २९,२०७६
-
२९ बैशाक २०७६ । बालुवाटार अवस्थित ललिता निवासको जग्गा विवादमा सरकारले क्षतिपूर्ति दिनुपर्ने एनआरएनएले माग गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बालुवाटारमा आवश्यक सबै प्रक्रिया पूरा गरेर जग्गा किनेर भवन बनाइएको हुदा भवन बनाउने काम गलत ठहर गरिएमा सरकारले क्षतिपूर्ति दिनुपर्ने भनेको छ ।
सिड्नीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष भवन भट्टले , ‘यदि सरकारले यो गलत ढंगबाट गयो भन्छ भने त्यसमा हाम्रो जति खर्च भएको छ त्यो सरकारले क्षतिपूर्ति दिनुपर्छ । बकाइदा राजश्व तिरेर, लालपूर्जा लिएर, नगरपालिकाको निर्माणको अनुमति लिएर र भवन सम्पन्नको सर्टिफिकेट लिइसकेको सम्पत्तिलाई तपाईं कसरी हेर्नुहुन्छ ?’ भनि प्रतिप्रश्न गर्दै भवन बनाउने काम गलत ठहर गरिएमा सरकारले क्षतिपूर्ति दिनुपर्ने स्पष्टोक्ति दिएका छन् ।
एनआरएनले ०७१ फागुन १५ गते भवन शिलान्यास गरेर ०७२ जेठ १४ गते ललिता निवास क्याम्प भित्रको जग्गा खरिद गरेको थियो ।
यसै बीच सिड्नीमा गैरआवासीय नेपाली संघको ओसिनिया रिजनल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा कानुनमन्त्री भानुभक्त ढकालले एनआरएनको सम्पत्ती सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने आश्वासन दिएका छन् ।
प्रमुख समाचार