आगामी बजेटः ७० वर्ष नाघेकाहरूले मासिक तीन हजार रुपैयाँ भत्ता पाउने !
-
बैशाख ३१, २०७६ काठमाडौं
आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षदेखि नबढेको कर्मचारीको तलब र वृद्धभत्ता दुबै बढ्ने भएको छ। स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आवमा कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म र वृद्धभत्ता एक हजार थप्ने तयारी गरेको हो।
अर्थमन्त्री डा। युवराज खतिवडाले पूर्व बजेट छलफल सम्बन्धी विभिन्न कार्यक्रममा स्रोतले भ्याएसम्म चुनावी प्रतिबद्धताअनुसार बजेट बनाउने बताइसकेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको पूर्वबजेट सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा आफू रहेको बताएका थिए।
आगामी आर्थिक वर्षमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म वृद्धि गर्ने र सामाजिक सुरक्षा भत्ता दोब्बर बढाउने तयारी सरकारले थालेको हो। चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धता पुरा गर्न र कर्मचारीको मनोबल बढाउन लागिएको हो।
सरकारले कर्मचारीको तलबमान २५ प्रतिशतसम्म र वृद्धवृद्धाको भत्ता मासिक एक हजारका दरले वृद्धि गर्ने तयारी गरेको अर्थ स्रोतले जानकारी दिएको छ। ‘विगत तीन वर्षदेखि कर्मचारीको तलब बढेको छैन’, उच्च स्रोतले भन्यो। मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा रहेको तलब पुनरावलोकन समितिले आगामी आवका लागि कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म बढाउन सिफारिस गर्ने तयारी गरेको हो।
सरकारले तल्लो तहका कर्मचारीको बढी र उच्च पदस्थ कर्मचारीको कम बढ्ने गरी तलबमान वृद्धि गर्न लागेको हो। विगत तीन आर्थिक वर्षदेखि तलब नबढाएर भत्ता बढाएको सरकारलाई यसवर्ष तलब बढाउनै पर्ने बाध्यता छ। विगत दुई आवमा पनि सरकारले देश संघीयता कार्यान्वनयमा गएको र यसले खर्च बढाएको भन्दै दुई हजार महंगी भत्ता थपेर कर्मचारीलाई काम गर्न प्रोत्साहन गरेको थियो।
आगामी आवमा सरकारले वृद्धभत्तालाई एक हजारबाट बढाएर दुई हजार पु(याउने तयारी गरेको छ। स्वास्थ्य उपचारका लागि दिइने मासिक एक हजार भत्तालाई भने यथावत राख्ने भएको छ। हाल ७० वर्ष नाघेका वृद्धरवृद्धाहरूले मासिक एक हजार वृद्ध भत्ता र एक हजार स्वास्थ्य उपचार भत्ता गरी मासिक दुई हजार रुपैयाँ पाउँदै आएका छन्। सरकारले अवलम्बन गर्न लागेको यो व्यवस्थाबाट ७० वर्ष नाघेका वृद्धरवृद्धाहरूले मासिक तीन हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता स्वरुप पाउने छन्।