साइबर हमला बचाउन अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा
-
जेठ २, २०७६ काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी साइबर हमलाको स्थितिमा अमेरिकी कम्युटरको नेटवर्कलाई बचाउन राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।
उनले एक कार्यकारी आदेश जारी गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेका हुन । जारी आदेशले अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवाको उपयोग गर्न प्रतिबन्धित गरेको छ ।
विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आदेशमा उल्लेख गरिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो आदेशमा कुनै कम्पनी विशेषको नाम भने लिएका छैनन् ।
यद्यपी, विश्लेषकहरुले राष्ट्रपति ट्रम्पको यो कदम चीनको टेलिकम कम्पनी हुवावेप्रति लक्षित रहेको बताएका छन् ।
अन्य केही देशहरुले पनि चीनले निगरानीका लागि हुवावेका उपकरणहरुको प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । उता हुवावेले भने आफुमाथि लागेको आरोपको खण्डन गरेको छ ।
उसले आफ्ना उपकरणहरुले कसैको नोक्सानी नगरेको र जासुसीको जोखिम नरहेको दाबी गरेको छ ।
ह्वाइट हाउसको बयानअनुसार राष्ट्रपति ट्रम्पको आदेशको आशय अमेरिकालाई विदेशी दुस्मनबाट बचाउन हो ।
जो सक्रिय रुपमा सूचना, संचार प्रविधि र सेवाहरुको उपयोगबाट अति संवेदनशील बनेका छन् । एजेन्सी