नेपाल-भारत लगानी सम्मेलन सुरु:
नेपालमा लगानीको वातावरण बनिसकेको अर्थमन्त्रीको भनाई
-
जेठ २,२०७६ काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीको वातावरण बनिसकेको बताएका छन् ।
त्यसका लागि वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन र एकद्वार प्रणाली कार्यान्वयनमा आएको उनको भनाइ छ ।
बिहीबार काठमाडौं आयोजित दुईदिने नेपाल-भारत लगानी सम्मेलनमा उनले लगानीका लागि आह्वान गरे ।
पर्यटन वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा उनले सेवा क्षेत्रसहित उद्योगमा लगानीका लागि सम्भावना रहेको बताए ।
लगानीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको भन्दै उनले ५ प्रतिशत ब्याजदरमा ऋण लिन सकिने र यसले लगानीकर्तालाई सहज हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नयाँ विमानस्थलसहित विभिन्न १० ओटा पाँचतारे होटल निर्माण भइरहेको भन्दै लगानीका लागि नेपाल आकर्षक गन्तव्य भएको बताए ।