Trending :
 

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो !

जेठ ०३,२०७६

-

जेष्ठ ३, २०७६ काठमाडौं ।
 
नेपाल आयल निगमले  इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल रमट्टितेलमा १र१ रुपैयाँ घटाएको हो ।
 
भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको छ। पेट्रोल पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य घटाएका छौँ, निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, नयाँ मूल्य शुक्रवार राति १२ बजेदेखि लागू हुनेछ।
 
मूल्य समायोजन पश्चात् पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ ५० पैसा कायम गरेको बताए।
 
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रहेको जनाएको छ। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।
 
सरकारले २०७१ असोजमा स्वचालित मूल्य लागू गरेको थियो। स्वचालित मूल्य अनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ। तर, स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन भएको छैन।