जेठ ०४,२०७६
-
रगत प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुनु नै उच्च रक्तचाप हो । उच्च रक्तचाप हुँदा रक्तनलीहरुमा क्षति पुग्छ र रक्तनलीहरु नै बन्द हुने सम्भावना हुन्छ । उमेर बढ्दै जाँदा मानिसहरुमा उच्च रक्तचापको समस्या देखिन थाल्छ । कम उमेरमै हुने उच्च रक्तचापको कारणलाई सुधार्न सकिन्छ ।
उच्च रक्तचापको लक्षण
–अधिकांश उच्च रक्तचापको बिरामीलाई लक्षण नदेखिने पनि हुनसक्छ,
–उच्च रक्तचाप बढ्दै गएमा टाउको दुख्छ,
–नाकबाट रगत बग्ने,
– रिगाँटा लाग्ने ।
उच्च रक्तचापले यस्तो रोगको जोखिम
उच्च रक्तचापलाई समयमै नियन्त्रण नगर्दा उच्च रक्तचापका बिरामीलाई मुटुरोग, मिर्गौला सम्बन्धी रोग र पक्षघात हुने सम्भावना उच्च रहन्छ ।
रक्तचाप नियन्त्रण कसरी गर्ने ?
–सन्तुलित आहारमा बढी जोड दिने,
– आफ्नो स्वस्थ तौललाई कायम राख्ने,
–खानामा नुनको प्रयोग कम गर्ने,
–फलफूल, सागसब्जी र दूधबाट उत्पादिन चिल्लो कम भएका खाद्यन्न प्रयोग गर्ने,
–नियमित शारीरिक व्यायाम गर्ने,
–धुम्रपान नगर्ने,
– सम्भव भएसम्म सातामा एकदिन पौडी खेल्ने ।
प्रमुख समाचार