मोक्ष !

परम स्वतन्त्र हुनु नै मोक्ष हुनु हो ।

जेठ ०४,२०७६

-पारस पोखरेल

सनातन धर्म शास्त्रहरुले जीवनको चार उद्धेश्य धर्म, अर्थ, काम र मोक्ष हो भनेका छन् । यसमा पनि मोक्षलाई  परम अभीष्ट अथवा 'परम पुरूषार्थ' भनिएको छ । धर्म, अर्थ, र कामले जीवनलाई सुख र आनन्दित बनाउन तर्फ डोर्याउछ भने मोक्ष जीवन मृत्युको चक्रबाट सदासदाका लागि छुटकारा पाउन तर्फ संकेत गर्दछ । सबै प्रकारको सांसारिक सुख दु:ख र मोह आदिबाट छुटकारा पाई जीवनलाई अनन्त बनाउने मोक्ष कस्तो अवस्था हो र यो कसरी प्राप्त गर्न सकिन्छ ?

 

मोक्ष को अवधारणा वैदिक शास्त्र र ऋषिमुनिहरुबाट आएको हो । भगवान बुद्धलाई निर्वाण (मोक्ष) प्राप्त गर्न आफ्नो पुरा जीवन ध्यान र साधनामा लगाउन पर्यो । महावीरलाई कैवल्य (मोक्ष) प्राप्त गर्न  लिए घोर तपस्या गर्न पर्यो त्यस्तै कयौ तपस्वी ऋषिमुनिहरुलाई समेत मोक्ष प्राप्त गर्नका लागि योग र ध्यान र साधनाको कठिन मार्गबाट गुज्रिनु पर्दछ l  त्यसैले मुक्ति प्राप्त गर्नु सजिलो कार्य होईन l आत्म्प्रज्ञद्धारा आत्मतत्व वा ब्रह्मतत्व संग साक्षात हुनु र सबै प्रकारको सुख दुःख र मोह लागायत सबै प्रकारको बन्धन आदिबाट आफुलाई छुट्टाउनु नै मोक्ष हो ।

 

मोक्ष प्राप्त गर्नु भनेको अणु-परमाणुहरुको अवस्थाबाट मुक्त साक्षीत्व पुरुष बन्नु हो । तटस्थ वा स्थितप्रज्ञ अर्थात परम स्थिर, परम जाग्रतको अवस्था प्राप्त गर्नु हो । ज्ञाता, ज्ञान र ज्ञेयको भेद समाप्त हुनु ।

 

मोक्ष को अर्थ मुक्ति पनि हो । तर केवल मृत्युबाट मात्र मुक्ति सम्भव भने छैन l मृत्युबाट यस जन्मको कष्ट नास हुन्छ तर पुनर्जन्मको माध्यमबाट पुन नयाँ सांसारिक चक्रमा फर्कनु पर्दछ l मोक्ष जन्म र मरणको चक्रबाट छुटकारा प्राप्त गर्नु सम्ममा मात्र सिमित छैन l त्यसो त कयौ भुत –प्रेत र देव आत्माहरु पनि छन् जुन हजारौ हजार बर्ष सम्म पनि जन्म लिनु पर्दैन तर यिनीहरुमा पनि सबै प्रकारको तृष्णा र वृत्तिहारु बिध्यमान रहेका हुन्छन जुन मानवमा हुने गर्दछ l जस्तै : भोक, प्यास, काम, क्रोध, सत्य, धर्म, अधर्म, न्याय, अन्याय आदि l सिद्धि प्राप्त गर्नु र ई्‍श्वरको साक्षात्कार गर्नु मात्र पनि मोक्ष होईन ।

 

मोक्ष त एउटा यस्तो परम अवस्था हो जसमा जीवन साक्षात बन्छ र द्रष्टाभाव प्राप्त हुन्छ l यस्तो परम दशाको अवस्थामा न त मृत्युको भय हुन्छ , न त कुनै संसारिक चिन्ता l मोक्ष त सांसारिक समयचक्र र अवस्थाबाट माथि पुगि परम होश , परम आनन्द र परम शक्तिशालीता प्राप्त गरी समायातित बन्दछ l  मोक्ष प्राप्त गर्नु भनेको अणु-परमाणुहरुको अवस्थाबाट मुक्त साक्षीत्व पुरुष बन्नु हो । तटस्थ वा स्थितप्रज्ञ अर्थात परम स्थिर, परम जाग्रतको अवस्था प्राप्त गर्नु हो । ज्ञाता, ज्ञान र ज्ञेयको भेद समाप्त हुनु । यसैमा परम शक्तिशाली हुनुको 'बोध'  लुकेको छ जहाँ न भोक , न प्यास, न सुख, न दु:ख, न अंधकार न प्रकाश, न जन्म ह, न मरण र न कसैको प्रभाव हुन्छ । सबै सबै प्रकारको बन्धनबाट सदा सदाका लागि मुक्ति प्राप्त गरी परम स्वतन्त्र हुनु नै मोक्ष हुनु हो ।

 

मोक्ष कसरी प्राप्त गर्न सकिन्छ ?

शास्त्रअनुसार ध्यान र योग बाहेक अरु त्यस्तो कुनै मार्ग बताईएको छैन जसबाट पूर्ण मुक्ति अर्थात् मोक्ष प्राप्त होस् l यस बाहेक भक्तिलाई पनि मोक्ष प्राप्तिको मार्ग भनिएको छ र यसलाई पनि भक्तियोग भनिएको छ l तसर्थ , ध्यान र योगको कठिन मार्गबाट मात्र आत्म साक्षात्कार हुने हुदा मोक्षका लागि स्वयं जागृत हुनु जरुरी हुन्छ l भगवान बुद्ध , महाबीर, मीरा, ओशो लगायत कयौ ऋषिमुनिहरु ध्यान योग र भक्ति योगबाट नै मोक्ष प्राप्ति गरेका हुनाले योगलाई अवलम्बन गरी मोक्ष प्राप्तिको मार्गमा अगाडी बढ्न सकिन्छ l