भगवान बुद्धका केहि दिब्य उपदेशहरु

दु:खको मुख्य कारण नै आसक्ति हो l

जेठ ०५,२०७६

-

भगवान बुद्धले जीवनलाई दु:ख र कष्टबाट मुक्त गर्न कसरी सम्भव छ भनेर खोज गर्नुभयो र अन्ततः दु:ख , दु;खका कारण पत्ता लगाई यसबाट पार पाउने उपाय बताउनु भएको छ l उहाको दिब्य उपदेशमा हामी यी कुरहारु प्राप्त गर्न सक्दछौ l आउनुहोस् बुद्धका केहि महत्वपूर्ण उपदेशहरु जानौ र यसको अनुशरण गरी दु;खबाट छुटकारा पाउ l 

 

भगवान बुद्धका केहि दिब्य उपदेशहरु :

१.  हामी अहिले जे छौं त्यो हामीले आज सम्म सोचेको कुराको परिणाम हो | यदि कोहि व्यक्ति नराम्रो सोचका साथ बोल्दछ वा काम गर्दछ भने उसलाई कष्टनै प्राप्ति हुन्छ | यदि कोहि व्यक्ति शुद्ध विचारका साथ बोल्छ वा कार्य गर्दछ भने उसलाई छायासरी खुशी एव सुखले उसको साथ कहिल्यै छोड्ने छैन |

 

२. हजारौं व्यर्थ खाली शब्दहरु भन्दा राम्रो त्यो एक शब्द हुन्छ जसले शान्ति ल्याउदछ |

 

३. एउटा भरिएको भाडो थोपा थोपाबाट भरिएको हुन्छ |

 

४. अतितका बारेमा ध्यान नदेउ ,भविष्यको बारेमा चिन्ता नगर , आफ्नो चित्तलाई वर्तमान क्षणमा केन्द्रित गर |

 

५. स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो | सन्तोष सबैभन्दा ठुलो धन हो | बिश्वास सबैभन्दा उत्तम सम्बन्ध हो |

 

६. जसरी मैनबत्ती बिना आगो बल्न सक्दैन , त्यस्तै मनुष्य पनि आध्यात्मिक जीवन बिना बाच्न सक्दैन |

 

७. सुर्य , चन्द्रमा र सत्य यी तिन चिज धेरैबेर सम्म लुक्न सक्दैन |

 

८. आफ्नो मोक्षका लागि स्वयं प्रयत्न गर | अरु संग निर्भर नहोऊ |

 

९. जव हामी कुनै विवादमा क्रोधित हुन्छौ तव सत्यको मार्ग छोडी आफ्नो स्वार्थ पूर्तिका लागि प्रयत्न शुरु गर्न थाल्दछौ |

 

१०.  कुनै जंगली जनावर भन्दा कपटी र दुष्ट मित्रसंग बढी डराउनु पर्दछ | जनावरले त केवल शरीरलाई हानी पुर्याउन सक्दछ तर खराब मित्रले तिम्रो बुद्धि बिबेकलाई समेत हानि पुर्याउदछ |

 

 ११. तिमीसंग जे छ त्यसलाई अनावश्यक बढाई-चढाई नबोल , न त अरुसंग ईर्ष्यानै गर, जो अरु प्रति ईर्ष्या गर्दछ उसलाई कहिल्यै मनको शान्ति मीने छैन |

 

११. घृणा घृणाले होईन प्रेमले नाश हुन्छ , यो शाश्वत सत्य हो |

 

 १२. जो पचासौंलाई  प्रेम गर्छ उसलाई पचासौं संकट हुन्छ , जसले कसैलाई प्रेम गर्दैन उसलाई एउटा पनि संकट हुदैन |

 

१३. क्रोधलाई पालिरख्नु भनेको तातो भुग्रोलाई अरुमाथि खन्याउछु भनेर समाई राख्नु सरह हो , यसले स्वयंलाई नै जलाउदछ |

 

१४. म कहिल्यै यो हेर्ने गर्दिन कि मैले के गरी सके, म त सदैव त्यो हेर्छु जुन गर्न बाकी छ |

 

१५.स्वास्थ्य बिनाको जीवन जीवन होईन, यो त केवल मृत्युको छायामा रहेको पीडाको एउटा अवस्था मात्र हो |  

 

१६. सबै चिज प्रति सन्देह गर , स्वयं आफ्नो प्रकाश खोज |

 

 १७. शंका गर्ने बानि भन्दा भयावह अरु केहि छैन | शंकाले मनुष्यलाई अरुबाट अलग गराई दिन्छ | यो एउटा यस्तो बिष हो जसले मित्रताको अन्त्य गरिदिन्छ र सबै राम्रो सम्बन्धलाई तोड्दछ | यो एउटा काडा हो जो चुम्दछ | एउटा धारिलो तरवार हो जसले नष्ट गर्दछ |

 

१८.  सत्यको मार्गमा हिड्नेले दुईवटा गल्तिगर्न सक्दछन् ; या त पुरा मार्ग तय नगर्नु  वा यसको शुरुवात नै नगर्नु |

 

१९. खराब हुनै पर्छ ताकी राम्रोले उस माथि आफ्नो पवित्रता साध्न सकोस |

 

२०. खुशी भनेको आफुसंग धेरै हुनु होईन, खुशी त धरै बाड्नु संग सम्बन्धित छ |

 

२१. दु:खको मुख्य कारण नै आसक्ति हो l