Trending :
 

बक्यौता असुलीको कारबाही तत्काल अघि बढाउन लेखाको निर्देशन

जेठ ०५,२०७६

-

जेठ ५, २०७६ काठमाडौं ।
प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारबाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
 
आइतबार सिंहदरबारमा बसेको समिति बैठकले यथाशीघ्र बक्यौता उठाउने कारबाही अघि बढाउन निर्देशन दिएको हो ।
 
साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरि समितिमा नियमित रुपमा प्रगति विवरण बुझाउन पनि निर्देशन दिइएको छ ।
 
बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारबाही अघि बढाउन तथा विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई २ महिनाभित्र नयाँ बोलपत्र आह्वान गरी प्रतिष्पर्धाबाट भाडामा लगाउन निर्देशन दिएको छ ।
 
बैठकले विमानस्थल भंसार कार्यालयबाट प्राधिकरणले उठाउन बाँकी रकमका सम्बन्धमा भने यथाशीघ्र किनारा लगाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।