Trending :
 

विश्वकप क्रिकेटका लागि वेष्ट इण्डिजद्धारा टोलीको घोषणा

जेठ ०५,२०७६

-

जेठ ५, २०७६ काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेटका लागि वेस्ट इण्डिजले टिम घोषणा गरेको छ ।
 
अरु टिमले टिम घोषणा गरेर तयारी गरिरहे पनि वेस्टइण्डिजले ढिला गरी विश्वकप खेल्ने टिमको घोषणा गरेको हो ।
 
जेसन होल्डरको कप्तानीमा रहेको वेस्टइण्डिजको टिममा क्रिस गेल, कीमार रोच, ड्यारेन ब्राभो, आन्द्रे रसल, शाई होप, शेल्डन काटरेल, एभिन लेविस, शेनन गेब्रियल, कार्लोस ब्रेथवेट, एश्ले नर्स रहेका छन् ।
 
यसैगरी शिमरन हेटमेएर, फेबियन एलन, ओसाने थोमस र निकोलस पुरन पनि टिममा रहेका छन् ।
 
यस बाहेक १० जना रिजर्भ खेलाडीको पनि घोषणा गरिएको छ । जसमा ड्वेन ब्राभो र कायरन पोलार्ड पनि रहेका छन् । ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । उनले अन्तिम एक दिवसीय २०१४ को अक्टोबरमा खेलेका थिए ।
 
टी-२० भने २०१६ सम्म खेलेका थिए । ब्राभो र वेस्टइण्डिज क्रिकेट बोर्डका बीचमा विवाद भएपछि उनी राष्ट्रिय टिममा परेका थिएनन् । अन्य खेलाडी घाइते भएको अवस्थामा खेलाउनका लागि ब्राभोलाई वैकल्पिक खेलाडीको रुपमा छनोट गरिएको जनाइएको छ ।
 
बाभ्रो र पोलार्डसँगै सुनील अम्ब्रिस, जोन क्याम्पबेल, जोनाथन कार्टर, रोस्टन चेज, शेन डोरिच, कीमो पल, खेरी पियरे र रेमन रेइफर रहेका छन् ।